२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

निर्मलाको परिवार न्यायका लागि छट्पटाउनु दुःखद : राष्ट्रपति भण्डारी

1772 Shares
Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारी । तस्विर : रासस


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तका बाबुआमा तथा अाफन्त न्यायका लागि छट्पटिनु दुःखद भएको बताएकी छन्। राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै हत्यामा सङ्लग्न अपराधीलाई चाडो भन्दा चाडो कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह समेत गरिन्।

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्दै राष्ट्रपति भण्डारीले न्यायका लागि सम्बन्धित पक्ष गम्भिर र संवेदनशिल बन्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिका सम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने धारणा व्यक्त गरिन्। कलिला बालबालिका माथि हुने यौनजन्य हिंसा मानवता विरुद्धको कलङ्क रहेको बताउँदै उनले यसलाई जरैदेखि निर्मुल पार्नुपर्ने बताइन्।

प्रतिक्रिया