२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

अपहरण गरी लुट्ने गिरोहका नाइके डेढ वर्षपछि प्रहरी नियन्त्रणमा

1401 Shares
Spread the love

काठमाडौं । डेढ वर्षअघि ठेकेदार रमेशकुमार कुँवरलाई चक्रपथस्थित इन्द्रणी फास्टफुड अगाडिबाट अपहरण गर्ने गिरोहका नाइके डेढ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भइ हाल रातोपुल बस्दै आएका ३६ वर्षीय पुष्पराज श्रेष्ठ छन् ।

उनको मुख्य योजनामा भोजुरका नविनकुमार राई, दाङका कोमानन्द खड्का, सरु केसी भनिने आषिका परियार, रामेछापका कुविन थापा भनिने कोलबहादुर थापा मगर र नुवाकोटका सुक्रराज तामाङ लगायतको मिलेमतोमा अपहरण गरिएको खुलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई पनि विभिन्न स्थानबाट पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरुले कुँवरलाइ ृअपहरण गरी गणेशबस्तीस्थित शुक्रराज तामाङको डेरामा लगेर बन्ध बनाएका थिए ।

‘त्यहाँ हतियार देखाउँदै हतकडी लगाइदिए उनीहरुले नगद ५० हजार, सुन र हिरा जडित औंठी, मोबाइल, कुलबहादुर थापाको नाममा ११ लाख रुपैयाँ चेक लिएका थिए’, उप्रेतीले भने ।

प्रतिक्रिया