मायालुले आफ्नो प्रेमीलाई फोन गरेर भेट्न बोलाउँछिन् । प्रेमी तुरुन्तै पुग्छन् । होटलको कोठा पहिल्यै बुक गरिएको रहेछ ।दुवै कोठाभित्र पस्छन् । भलाकुसारी सुरु हुनासाथ दुई प्रहरी पनि कोठामा छिर्छन् । त्यसपछि ती महिलाले आफूलाई बलात्कार गर्न खोजेको आरोप प्रेमीमाथि लगाउँछिन् ।त्यस्तो आरोपपछि प्रहरीले प्रेमीलाई कुटपिट गर्छ । बलात्कार मुद्दा लगाइदिने धम्की दिएर प्रेमीसित १० लाख माग्छन् ।युवकले पनि केही दिनको समय माग्छन् । ऋण खोजेर भए पनि ५ लाख रुपैयाँ बुझाएर बलात्कार मुद्दा झेल्नबाट जोगिन्छन् । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ ।यो फिल्मी कथा होइन । बाँकेको नेपालगन्जमा फिल्मी शैलीमा भएको ठगी घटना हो । बैजनाथ गाउँपालिका ४ की २६ वर्षीया श्रुति हमालले गत भदौ ५ गते पूर्वप्रेमी सोनु अन्सारीलाई राँझामा भेट्न बोलाइन् । अन्सारी पुगेलगत्तै उनले होटलको कोठामा पुर्याइन् ।
पुरा जानकारीको लागी पुरा भिडियो हेर्नु होला:
https://youtu.be/un4PbLGL1RM