२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना संक्रमणको दोस्रो लहरपछि फ्रान्सका ९ शहरमा कर्फ्यू

968 Shares
Spread the love

काठमाडौँ- कोरोना संक्रमणको दोस्रो लहरपछि बढेसँगै राजधानि पेरिससहितका ९ शहरमा कर्फ्यू घोषणा गरिएको छ ।

राजधानी पेरिससमेत ९ शहरमा शनिबारदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बताएका छन् ।

म्याक्रोंले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा शनिबारदेखि ९ शहरमा लागु हुने कर्फ्यू चार हप्तासम्म कायम रहने जनाएका छन् ।

संक्रमण बढेपछि फ्रान्समा हाल स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

बिहीबार बिहानसम्म फ्रान्समा ७ लाख ७९ हजारमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २२ हजार ५९१ मा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया