2442
Shares
काठमाडौं। कोदालो प्रहार गरी आफनै श्रीमती मारेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी तिवारी टोल डेरा गरी बस्ने मकवानपुर बाग्मती नगरपालिका–७ घर भएका ३५ वर्षीय रमेश भन्ने मानबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।
घिसिङले आइतबार राति ३२ वर्षीया श्रीमती ममता लामालाई कोदालोले टाउकोमा हान्दा बेहोस भएको भनी आफै महानगरीय प्रहरी बृत्त बौद्धमा आई जानकारी गराएपछि खटिएको प्रहरी टोलीले ममतालाई मृत अवस्थामा फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।