२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

विपी अध्ययन प्रतिष्ठान बेलायत शाखामा अर्जुन कटुवाल

1200 Shares
Spread the love

लण्डन । युवा ब्यबसायी तथा समाजसेवी अर्जुन कटुवाल विपी अध्ययन प्रतिष्ठान बेलायत शाखाको संयोजकमा मनोनित भएका छन् ।

जनसम्पर्क समिति बेलायतका नेता तथा कार्यकर्ताको सहभागितामा प्रतिष्ठानका विदेश विभाग प्रमुख दिनेश राईको उपस्थितिमा गत हप्ता प्लमस्टिडमा सम्पन्न भेलाले उनलाई प्रतिष्ठानको संयोजकमा मनोनित गरेको थियो ।

विपीका सिद्धान्त, आदर्श र विचारह सम्बन्धी अध्ययन गरी पार्टीला आवश्यक सरसल्लाह र निर्देशन गर्ने ‘थिंक ट्यांक’का रुपमा विपीप्रतिष्ठान स्थापना भएको हो । पछिल्लो समय नेपालबाहिर समेत विभिन्न देशहरुमा प्रतिष्ठाका शाखाहरु स्थापना भएका छन् ।

एनआरएन यूकेका पूर्व उपमहासचिव उनी यूके नेपाल फ्रेण्डसिप सोसाइटीमा कोषाध्यक्ष तथा बुद्ध फाउण्डेसन यूकेमा महासचिव छन् । नेपालमा रहंदा राजनीतिमा समेत सक्रिय उनी नेविसंघ उदयपुर जिल्लाका पूर्व सभापति समेत हुन् ।

आफुलाई प्रदान गरिएको जिम्मेवारी प्रति धन्यवाद प्रकट गर्दै प्रतिष्ठानले सर्वप्रथम यसको कार्यसमितिलाई पूर्णता दिंदै प्रारम्भिक रुपमा बेलायतमा रहेका नेपाली कांग्रेस निकट एकेडेमिक तथा अन्य प्रोफेसनहरुलको तथ्यांक संकलनको कार्य अनि बिबिध रचनात्मक कामहरुको थालनी गरिने कुरा कटवालले जानकारी दिए ।

प्रतिक्रिया