२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

अनुसन्धानमा असन्तुष्टि जनाउँदै छानविन समितिका सदस्यले दिए राजीनामा

1156 Shares
Spread the love

काठमाडौं – निर्मला पन्तको अनुसन्धानका  लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसीले राजीनामा दिएका छन्।

रिपोटर्स क्लवमा आज पत्रकार  सम्मेलन गर्दै सचिव केसीले राजीनामा दिएको बताएका हुन्।

समितिले गरेको छानविनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि  आफुले राजीनामा दिएको उनले बताए।

गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सस्यीय उच्चस्तरीय छानविन समितिको अनुसन्धान प्रति उनले असन्तुष्टि जनाएका हुन्।

सहसचिव मैनाली नेतृत्वको टोलीले भदौ ८ गते महेन्द्रनगर पुगेर काम शुरु गरेको थियो। समितिले छानबिन सकेर प्रतिबेदन तयार पार्दै मन्त्रालयमा बुझाउने तयारी गरिरहेको समयमा केसीको राजीनामा आएको हो।


प्रतिक्रिया