लण्डन । जैमिनि नगरपालिका- ४ सर्कुवा मादी बस्ने नर बहादुर सुनारको साहिलो छोरा हरि बहादुर सुनार दुबै किड्नि खराब भई पोखरा मणिपाल अस्पतालमा उपचार गराइरहेका छन् ।
उनको उपचारका लागी शशांक शर्मा(कृष्ण पौडेल)ले रु १०१००० (एक लाख एक हजार) को सहयोग गरेका छन् ।
आफ्ना दुबै किडनी खराब भई पोखरामा उपचार गरी रहेका सुनारको उपचारको लागी हातेमालो गरेको नेपाली कांग्रेस सर्कुवाको अनुरोधमा ब्यबसायी शर्माले सो सहयोग गरेका हुन् ।
हाल बेलायत बसोबास गरी रहेका शर्माले आफ्नो कमाईको केही भाग सामाजिक सहयोगमा खर्च गर्दे आएका छन् । उनले सर्कुवाको जनता मा बि मा बिज्ञान प्रयोगशाला बनाउन को लागी एक लाख एक हजार को सहयोग गरेका थिए । शर्माको सामाजिक सहयोग बाग्लुंग मा मात्र सिमीत छैन । नेपालका बिभीन्न ठाँउमा,पुस्तकालय,संघ संस्था,बिरामी र अशक्तलाई शर्माले अहिलेसम्म लाखौ रकम सहयोग गरी सकेका छन् ।