नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४१ जनासहित देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।