2863
Shares
काठमाडौं, भदौ १५ स् वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा वरिष्ठ चिकित्सक डा. रिजाल र उनकी श्रीमती सरला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि वरिष्ठ चिकित्सक रिजाल श्रीमती सरलासहित सोमबार ह्याम्स अस्पताल भर्ना भएका छन्।
दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।