२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

भारत र अफगानिस्तानसँग खेल्ने नेपाली टोलीको घोषणा

1950 Shares
Spread the love

भदौ २२ – नेपालले भारतमा चार टोलीबीच हुने एक दिवसीय क्रिकेट सिरिज खेल्ने अन्तिम १५ खेलाडीको छनोट गरेको छ।आइसिसिका प्रतिनिधि अम्मीन्यूल इस्लाम, नेपाली प्रशिक्षक बिनोद कुमार दास, सुनज भट्टराई र राजु खड्काको समितिले शुक्रबार आशिफ शेखको कप्तानीमा १५ खेलाडी छनोट गरेको हो। प्रतियोगिताका लागि नेपाली टोली सोमबार लखनउ प्रस्थान गर्नेछ।

छनोटमा परेका खेलाडीहरू

  • मोहम्मद आशिफ शेख- कप्तान
  • तिर्थराज दास
  • रवि साह
  • विपिन रावल
  • लोकेश बम
  • रित गौतम
  • पवन सरार्फ
  • किशोर महतो
  • रासिद खान
  • भीम सार्की
  • कमल सिंह ऐरी
  • सुन्दिप जोरा
  • सागर ढकाल
  • अरूण ऐरी
  • मोहम्मद सांसद आलम

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ए र बी तथा अफगानिस्तानका यू–१९ टोलीले लखनउमा खेल्ने भएका हुन्।युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक वर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।

सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्नेछन् । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।

चार टोली सम्मिलित एकदिवसीय शृंखला

  • सेप्टेम्बर १२- भारत यू–१९ ‘ए’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
  • सेप्टेम्बर १२- भारत यु–१९ ‘बि’ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १४-भारत यू–१९ ‘ए’ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १४- भारत यू–१९ ‘बी’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
  • सेप्टेम्बर १६- भारत यू–१९ ‘ए’ विरुद्ध एनसीए यू–१९, लखनउ
  • सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १८-टिम १ विरुद्ध टिम २- लखनउ
  • सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम- लखनउ

प्रतिक्रिया