3921
Shares
काठमाडौं – ब्राजिलको राष्ट्रपतीय चुनावका प्रतिष्पर्धी जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ। चुनावका मुख्य प्रतिष्पर्धी ठानिएका बोल्सोनारोमाथि दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्यालीमा छूरा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
छुरा उनको पेटमा लागेको छ। छूरा प्रहारबाट उनी गम्भिर घाइते भएका छन्। उनलाई उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
सुरक्षाकर्मी तथा समर्थकले बाक्लो उपस्थितिको बिचमा रहेका उनीमाथी छुरा कसले प्रहार गर्यो भन्नेबारे केही पनि खुलाइएको छैन। ब्राजिलमा अर्को महिना राष्ट्रपतिको चुनाव हुँदैछ। उनी साेही चुनावकाे प्रचार प्रसारमा थिए।