२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेपालमा दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीय पक्राउ

996 Shares
Spread the love

दमौली । दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी गाउँ बस्ने २६ वर्षीय बादल ग्वाला पक्राउ परेको तनहुँ प्रहरीले जनाएको छ।

गत सोमबार नेपाल बैंकबाट पैसा निकालेर आएका व्यास–७ का कृष्णबहादुर बसौलालाई पिछा गर्दै उनीहरुले बसौलाले बोकेको व्यागसहित रु १७ हजार चोरी गरेर भागेका थिए।

उनीहरुले सुनियोजितरुपमा बसौलाको सर्टमा हिलो छ्यापी झोला चोरेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

झोला चोरी गरी फरार रहेका व्यक्तिलाई बजारमा जडान गरिएका सिसी क्यामेरामा कैद भएका भिडियोका आधारमा बुधबार साँझ ५ः३० बजे पक्राउ गरिएको उनले बताए। प्रहरीले निजका साथबाट चोरी अपराधमा प्रयोग हुने पेचकस, फलामे रड तथा नगद रु १५ हजार ६०० बरामद गरेको छ।

पक्राउ परेकाले चोरी गरेको स्वीकार गरेको र यसभन्दा अगाडि सोही तवरबाट विभिन्न जिल्लामा चोरी गर्ने गरेको बयान दिएका छन्। उनीहरुविरुद्ध बिहीबार तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया