२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

भारतमा एकै दिन ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण

1678 Shares
Spread the love

काठमाडौं । भारतमा एकै दिन ५७ हजार भन्दा बढी कोरोनावाट संक्रमित भएका छन् ।

भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा संक्रमित हुँदा ७ सय ६४ जनाको मृत्यु भएको छ ।सबैभन्दा धेरै संक्रमित राज्यमध्ये तेस्रोमा आंध्र प्रदेश परेको छ ।

शुक्रबार मात्रै आन्ध्र प्रदेशमा १० हजार ३ सय ७६ नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी महाराष्ट्रमा थप १० हजार ३ सय २० जना संक्रमित भएका छन् । यो संगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।(एजेन्सी)

प्रतिक्रिया