२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

वडासदस्य काम खोज्दै विदेसिए, राजीनामा नै नदिई बहराइनमा

1816 Shares
Spread the love

पाल्पा – पाल्पाको रभ्भा गाउँपालिका वडा नम्बर ४ का वडासदस्य डेमानसिंह सारु रोजगारी खोज्दै विदेश जानुभएको छ ।

स्थानीय तहको चुनावबाट वडा सदस्यमा निर्वाचित सारु रोजगारीका लागि बहराइन गएको वडा नम्बर ४ का वडाध्यक्ष भोजबहादुर विकले जानकारी दिनुभयो । उहाँ कुनै जानकारी नगराई र राजीनामा पनि नदिई बहराइन पुगेको उहाँले बताउनुभयो ।

जानकारी नै नदिई वडा सदस्य वैदेशिक रोजगारीका लागि गएपछि उहाँको सेवा सुविधा रोक्का गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

वडा सदस्यको वैदेशिक रोजगारीमा हिँडेपछि पुन चुनाव गर्न माग गर्दै गाउँपालिकामा निवेदन परेको छ । तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित सारु विदेसिएपछि नेपाली कांग्रेस हुमिनले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएरै वडा सदस्यको चुनाव गर्न माग गरेको छ ।

राजीनामा नआई चुनाव गर्न नमिल्ने भन्दै अध्यक्ष भण्डारीले भन्नुभयो, ‘उहाँको बारेमा सोधपुछ गरिरहेका छौं ।’ गएको माघमै सारु बहराइन गएको स्थानीय बासिन्दाको भनाइ छ ।

यसअघि प्यूठानको स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर पनि काम खोज्दै कुवेत जानुभएको थियो ।

प्रतिक्रिया