२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

लकडाउन अगाडिकै भाडामा सुन्दर यातायातले ४ वटा बिजुली गाडी चलाउँदै

1505 Shares
Spread the love

सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा ४ वटा बिजुली गाडी चलाउने भएको छ।

आधा मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

२ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा सञ्चालन गर्न लागिएको उनले बताए।

‘रिङ रोडमा त हाम्रो पुरानो रुट भइहाल्यो। मंगलबारदेखि २ वटा नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा चलाउँदैछौं,’ थापाले बताए।

गाडीमा नेपाल सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने उनको दाबी छ।

‘यात्रुको लागि त सरकारले तोकेको कुरा छँदैछ। चालक सह–चालकहरुले हाम्रो कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउनु हुनेछ,’ उनले भने ‘ प्रत्येक यात्रुको तापक्रम जाँचिने छ भने मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन। त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई हामी निःशुल्क मास्क दिन्छौं।’

घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने थापाले बताए।

प्रतिक्रिया