२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

शिक्षाको गुणस्तरमा निजी शिक्षकको भुमिका र चुनौती : नबिना बिस्ट

1308 Shares
Spread the love

शिक्षा मानिसको तेस्रो आखा मानिन्छ। शिक्षाको ज्योतिलेनै मानिसले आफ्नो छबिलाई उतार्न सक्दछन्। एक शिक्षीत बेक्तिले आफ्नो शैक्षिक जिवनको महत्त्वपूर्ण समय बिधालयमा बयतित गर्दछन्। भबिस्यमा उसले पहिलाउने बाटो, ऊ भित्रका क्षमता, ऊस्ले देखाउन सक्ने सिप र सृजना बिद्यालयदेखीनै निर्धारित हुन्छ। यसमा उनका शिक्षकको महत्त्वपूर्ण देन लाई नकार्न सकिन्न। भाडो कस्तो बन्ने कुमालेमा भर परे जस्तै बिध्यार्थिका नैतिक,शैक्षिक तथा सर्बाङगिन बिकाशमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शिक्षकका देन छन् ।म आफु शिक्षण पेशामा सम्लङ्न भयेकाले मात्र नभई मेरा स्कुलमा भाग्यले पायेका ति शिक्षक प्रती म सदा आभारी छु जस्कादेनले म कहिली पछिपर्न परेन।

शिक्षक चाहे  सरकारी सेवाका हुन् या निजी सन्स्थगत बिद्यालयका ज्ञानबाड्नमा दुबैको बराबर योग्दान हो। निजी शिक्षकले पनि राष्ट्रको शैक्षिक स्तर उकास्न योग्दान दियेका छ्न तर बिडम्बना सुबिधा तथा योगदानको कदरमा निजी शिक्षक कहिले पनि अग्र्पन्तिमा परेनन् । बिहान ९ बजे देखि स्कुलमा हुने कर्तव्य, दिनानुदिन बनाईने पाठ योजना , नित्य गृहकार्यको जाच,बचेको थोरै खाजा खाने समयमा बिध्यार्थिको रेखदेख र येस्ता अन्य कर्तब्य बाबजुत पनि  कहिलेकाही स्कुल समय बाहेकको समय हुने भेला।यि सारा कर्तव्य निस्पक्ष निभायेका निजी शिक्षक मारमा परिरहे। के खोज्छ्स कानो आखो भनेझैं कोरोनाको यस माहामारिमा पेलान्ते नीतिको शिकारमा निजी शिक्षक मज्जाले पर्न बाध्य भए। रास्ट्रलाई कर तिर्न निजी शिक्षकले आफ्ना कर्त्ब्ब्य निर्वाध रुपले निभयेका छन् । यिनै शिक्षकको मर्काबुजि उनिहरुको रेख्देखमा सरकार चुकेको देखिन्छ। 

मेरो आफनै सहकर्मी शिक्षक साथीको बिडम्ब्ना सम्जिन मन लग्यो। ” के गर्ने म्याम आफ्नो त बुडाबुडीनै येहि शिक्षण पेसामा छौ ।जिवनको आधी दसक येहि स्कुलमा बित्यो, अहिले वरपरकाले तलब के कस्तो छ भनी सोधखोज गर्दा इज्जत जोगाउन भयेनी आको छ भन्छु।आफ्नो ब्यथा आफुसङ छ”। आफु येस्तो असुरक्षित पेशामा सलग्न ति शिक्षकले समाजका अनेक अग्रसर सम्मानित बेक्ती उत्पादन गरेका छन् ।के येस्ता समाजमा उच्च र सम्मानित पेशा अङ्गालेका शिक्षक आज आफु मारमा पर्दा यिन्का लागी  उचित बेबस्थापन गर्नु राज्यको दायित्व हुन आउदैन र? जिवनको आधी दसकनै शिक्षा क्षत्रमा बितायेका ति शिक्षकलाई  Grading कै अधारमा भये पनि अप्ठेरोमा परेका आफ्ना शिक्षकलाई सोधपुछ गरि सहयोग गर्नु निजी संस्थाको दायित्व हुन्न र? मानवीय दृस्टीले पनि यो निभाउनु पर्थ्यो।

कोरोनाको माहामारी नहुदापनि  शिक्षणपेसालाई असुरक्षित पेसा मान्दै आयेका शिक्षकले अब शिक्षण पेसामा बितृस्णा आयेको जनयेका छ्न।शिक्षक नरहे अबको कस्तो शिक्षा सरकारको तयारीमा पर्छ होला? भाबीदिनमा शिक्षण पेसा नरोज्ने कसम खान बाध्य ति शिक्षकले आफ्ना बिध्यर्थिलाई  शिक्षण पेशा नरोज्ने सल्लाह दिये र सबमा यो पेशा प्रती बितृस्णा जागे अबको शैक्षिक गुणस्तर कस्तो रहला? सबै लाई नसके पनि आवश्यकताका आधारमा पनि तत्काल पहिचान गारी  सरकार तथा निजी संस्था अत्यन्तै आवश्यक बर्गका ति सम्मानित शिक्षकलाई  जोगाउन तर्फ आवश्यक कदम तत्काल चाल्नु पर्ने देखिन्छ ।

नबिना बिस्ट

M.sc, B.Ed

लेखक स्वयं शिक्षण पेशामा सम्लग्न हुनुहुन्छ ।

 

प्रतिक्रिया