1653
Shares
काठमाडौं– बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।
खेलमा पाकिस्तानले ३६ औं मिनेटमा हसन विड बसिरको गोलबाट अग्रता लिएको थियो। कप्तान विराज महर्जनले मोहमद रियाजलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पाकिस्तानका बसिरले गोल गरेका थिए।
पहिलो हाफमा ०–१ ले पछि परेको नेपालका लागि खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काउँदै बराबरीमा ल्याए। तर यो बराबरी धेरै बेर टिकेन, निर्धारित ९० मिनेटपछि थप समयको ६ औं मिनेटमा मोहम्मद अली दाबोसले गोल गर्दै पाकिस्तानलाई विजयी गराए।