२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

झन्डै दुई सय नयाँ संक्रमित थपिएपछि अस्ट्रेलियाको मेलबर्नमा लकडाउन

1478 Shares
Spread the love

अस्ट्रेलियाको मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन घोषणा गरिएको छ।

एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन लागू गरिएको बीबीसीले जनाएको छ।

बुधबार मध्यरातिदेखि लकडाउन लागू हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको दोस्रो लहर देखिनसक्ने चेतावनी दिएको समयमै अस्ट्रेलियामा नयाँ संक्रमितहरु देखा पर्न थालेका छन्।

कोरोना प्रकोप नियन्त्रणमा नआएकै समयमा विभिन्न देशले लकडाउन खोलेका कारण विश्वभर धेरै संक्रमित धेरै देखिन थालेको विज्ञहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया