२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

इमरान खानले भने, ‘अमेरिकाको कुनै पनि गलत कुरा मान्न तयार छैनौं’

2078 Shares
Spread the love

पाकिस्तानमा छापिने उर्दू पत्रिकामा यस हप्ता पाकिस्तानको अमेरिका र इरानसँगको सम्बन्धबारे निकै लेखियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू अमेरिकाको कुनै पनि गलत कुरा मान्न तयार नभएको तर अमेरिकासँग सम्मानजनक सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् ।

इमरान खानको भनाई उद्धृत गर्दै एक्सप्रेस पत्रिकाकाले उनी अमेरिकाको मामलामा आफ्नो पुरानो दृष्टिकोणमा कायम रहेको बताएको छ ।

पत्रिकाको अनुसार इमरान खानको भनाई थियो, ‘अमेरिकाको कुनै पनि गलत कुरा हामी मान्न तयार छैनौं । हामी अमेरिकासँग लड्न सक्दैनौं । सम्बन्ध सुधार्छौं ।’

उक्त मौकामा इमरान खाने एकपटक पुनः उनी भारतसमेत सबै छिमेकी मुलुकसँग सम्बन्ध सुधार्न चाहेको बताएका छन् तर उनका अनुसार भारतले कुनै सकारात्मक रवैया देखाएको छैन ।

इस्लामाबादमा पत्रकारसँगको कुराकानीमा इमरान खानले यतिबेला आफूसामू अत्यधिक चुनौती भएको बताएका छन् । उनले सेना प्रमुख जनरल कमर जावेद बाजवाको पनि अत्यधिक तारिफ गरे ।

इमरानलाई ट्रम्पको ठूलो झट्का, करोडौंको मद्धत रद्द

इमरान खानले भनेका थिए, ‘अहिलेका लागि जनरल बाजवा सबैभन्दा उत्कृष्ट सेना प्रमुख हुन् जो लोकतान्त्रिक सरकारको समर्थनमा छन् ।’

इमरान खानले पाकिस्तान सेनाको मुख्यालयको भ्रमण गरेका थिए र सेना प्रमुखसमेत थुप्रै वरिष्ठ सैन्य अधिकारीसँग भेटघाट गरेका थिए ।

पत्रिका जंगले इमरान र सैन्य अधिकारीको भेटमाथि सम्पादकीय पनि लेखेको छ ।

सम्पादकीयमा लेखिएको छ, ‘जब देश अत्यधिक आन्तरिक र विदेशी चुनौतीले घेरिरहेका बेला सबै संस्थानले देशलाई यो संकटबाट बाहिर निकाल्नका लागि एकसाथ मिलेर काम गरिरहेको छ । यो भन्दा खुसीको कुरा पाकिस्तानको लागि के हुनसक्ला ।’

एजेन्सी

प्रतिक्रिया