२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

बालिकाहरुको पत्र पढेपछि प्रधानमन्त्रीको निर्देशनमा कन्चनपुरमा (सीआईबी)को अर्को टोली

2977 Shares
Spread the love

कंचनपुर । निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अर्को टोली आइतबार महेन्द्रनगर पुगेको छ।

प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले हिजै महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ।

शनिबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र बिभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो। पत्र पढेपछि प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन गरेको प्रधानमन्त्री निकट स्रोत जानकारी दिएको छ।

सीआईबी टोली अनुसन्धानका लागि महेन्द्रनगर पुगेको विषयमा जिल्लास्थित प्रहरी अधिकारीले भने प्रष्ट पारेका छैनन्। यद्यपि उक्त टोलि महेन्द्रनगर पुगेर अनुसन्धान थालिसकेको छ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिइरहेको बताए। उनले घटनालाई निकै गम्भीरतापूर्वक लिएको बताउदै अनुसन्धान गरिरहेको बताए । उनले अनुसंधानका लागि केन्द्र र संघीय प्रहरी कार्यालयसँग समेत सहयोग लिइरहेको बताए ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएका थिए। टोलीले घटनाको २६ औं दिन भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया