२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

पहिरोले घर पुरिँदा वेपत्ता भएका एकै घरका तीन जनाको शव फेला, दुई घाइते

4841 Shares
Spread the love

समाचार प्रतिनिधि तस्वीर


सल्यान । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ।

बागचौर नगरपालिका-१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोराको मृत्यु भएको हो। उनीहरुको शव बिहान मात्रै फेला परेको थियो।

पहिरोमा परी मृत्यु हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ।

बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए।

घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको छ। पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ।

केही दिनअघि पनि सल्यानमा पहिरो खस्दा एकै घरका ५ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया