२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

यौन उत्पीडन सहन नसकी पत्नीले गरिन् आत्महत्या, पति प्रहरी खोरमा

2008 Shares
Spread the love

उनलाई आफ्नै श्रीमान ध्रुव भनेर चिनिने धिरज घिमिरेले हत्या गरी झुण्डाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिई मुद्धा चलाईएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिल्ली मल्ल आज जानकारी दिएका छन् । गत माघ २४ गते नमुनाको पेशाले इञ्जिनियर घिमिरेसँग मागी बिबाह भएको थियो । बिबाहपछि श्रीमानको यौन उत्पिडनबाट उनी पाठेघरको समस्यामा थिईन ।मृत्युको केहि दिन अघि मात्र उनले पाठेघरको अप्रेशन गरेकोले दुखाईको पीडामा थिईन । उनि कोठाबाट निस्कन नसक्ने र भित्रै स्याहार सुसार गर्नेहरुको खाँचो थियो ।

सुरुमा सैनामैना नगरपालिका–२, सोरौलीका नमुनाका बाबु गोविन्द प्रसाद लम्सालले किटानी प्रहरीले किटानी जाहेरी दिन जाँदा प्रहरीले लिन मानेको थिएन । त्यस विरुद्ध नमुनाका माईतीजनले प्रहरी कार्यालय घेराउ र नारावाजी लगायतको दबाब दिएपछि बल्ल प्रहरी जाहेरी लिएर उनका श्रीमानलाई पक्राउ गरेको थियो ।

‘‘छोरीको संकास्पदरुपमा हत्या गरिएको र नयाँ कानुन लाग्नु पूर्व नै बदनियत ढंगले हत्या गरेर पंखामा झुण्डाएको हो । माइत गएर फर्केको ८ दिनपछि यस्तो घटना भयो, नानुले माइत आउदा आफूलार्इ श्रीमानले जर्बजस्ती यौन उत्पिडन दिने, हिंसा गर्ने गरेको सुनाउथिन्, अहिले यसरी हत्या नै गरियो –नमुनाका बाबुले यस्तो बताउँदै आएका छन ।’

नमुना त्यस्तो अवस्थामा मृत फला परेको जानकारी उनका ससुराले बाबुलाई गराएका थिए । घिमिरेका परिवार राजनैतिक पहुँच भएको हुँदा प्रहरीले सुरुमा मुद्धा दर्ता गराउन नमानेको माईतीजनको आरोप रहेको छ । डिएसपी मल्ले भने –‘ कुनै पनि दबाबमा नपरी निजलाई १२ दिन अघि देखि नियन्त्रणमा लिई मुद्धा चलाईएको छ र सुक्ष्म ढंगले अनुसन्धान गरिदैछ ।’

प्रतिक्रिया