1167
Shares
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा राष्ट्रप्रमुखको रुपमा सहभागी हुन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छिन्।
सम्मेलन सकिएपछि प्रधानमन्त्री शेख स्वदेश फर्किएकी हुन्।उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरेका थिए।बिम्स्टेकमा सहभागी हुन प्रधानमन्त्री हसिना बिहीबार नेपाल आएकी हुन्।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । रासस