२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

सामाजिक सञ्चाल ‘इमो’ मार्फत रकम ठगी गर्ने ३ जना पक्राउ

1885 Shares
Spread the love

रंगेली (मोरङ) । सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रंगेली नगरपालीका ६ बस्ने २१ वर्षिय अजित कुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश ऋषिदेव र सुनवर्षि नगरपालीका ५ वस्ने ३३ वर्षिय हेम शंकर ऋषिदेव पक्राउ परेका हुन् ।

प्रहरीले उनिहरुलाई रंगेली बजार स्थित मनोज मनी ट्रान्र्सफर नजिककै बाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीका अनुसार झापा दमक ८ बस्ने सिता भुजेललाई इमो माफर्त फोन गरी भारतीय २५ लाख रुपैया पुरस्कार विजेता भनी पुरस्कार प्राप्त गर्नका लागी डेढ लाख रुपैया आई.एम.ई मार्फत माग गरी रकम ठगी गरेको सुचनाको आधारमा पक्राउ गरीएको बताए ।

प्रतिक्रिया