२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बिमस्टेक शिखर सम्मेलन सम्पन्न

1409 Shares
Spread the love

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ।

सोल्टी होटलमा आयोजित दुई दिने सम्मेलन अठार बुदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो। समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन्।

अध्यक्षता हस्तान्त्रण गर्दै प्रधानमन्त्री ओलीले नेपालले बिमस्टेकको अध्यक्षता ग्रहण गरे यताका चार वर्ष सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा आभार प्रकट गरे। साथै नयाँ अध्यक्ष राष्ट्र श्रीलङकालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी थिए।





प्रतिक्रिया