२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

बिमस्टेक सम्मेलन : चार राष्ट्रका कार्यकारी प्रमुख आज स्वदेश फर्किदै

3273 Shares
Spread the love

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलन काठमाडौं घोषणा–पत्र जारी गर्दै आज सकिँदै छ। सम्मेलन सकिएसँग चार राष्ट्रका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार आजै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा स्वदेश फिर्ता हुने छन्। क्रमशः हसिना दिउसाे १ बजे, प्रयुत व चा १ः३० बजे, विन मिट ४ बजे र माेदी बेलुका ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेकाे छ।

यस्तै भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधानन्यायाधीश दासो छिरिङ वाङचुकको शनिबार स्वदेश फर्किने कार्यक्रम छ भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार स्वदेश फर्किने छन्।

प्रतिक्रिया