२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

फिफाका पूर्वउपाध्यक्षलाई नाै वर्ष जेल

2227 Shares
Spread the love

जुरिच : विश्व फुटबल महासंघ (फिफा) का पूर्वउपाध्यक्ष जुआन एन्जल नउपोटलाई नौ वर्षको जेल सजाय गरिएको छ। दक्षिण अमेरिकी फुटबल महासंघको अध्यक्षसमेत रहेका पाराग्वेका ६० वर्षीय जुआनलाई फुटबलमा आर्थिक भ्रष्टाचार गरेको ठहर गर्दै फिफा इथिक्स कमिटीले उक्त सजाय दिएको हो।

जुआन सन् २००७ देखि २०१४ सम्म पाराग्वे फुटबल संघका अध्यक्ष थिए। जुआनले ब्राजिल विश्वकप अघि ठूलो मात्रामा आर्थिक अनियमितता गरेको भन्दै उनीमाथि फिफाले छानबिन गरिरहेको थियो। जुआनलाई एक मिलियन डलर जरिवाना पनि गरिएको छ।

फिफाले जुआनले विभिन्न फुटबल प्रतियोगितासहित मिडिया र मार्केटिङ सम्बन्धन दिँदा ठूलो मात्रामा आर्थिक अनियमितता गरेको ठहर पनि गरेको छ। फिफाले छानबिनका लागि सन् २०१५ मा जुरिचको एक होटेलबाट जुआनसहित फिफासम्बद्ध अन्य सातजना पदाधिकारीलाई पनि पक्राउ गरेको थियो।

ब्राजिल विश्वकपका क्रममा ठूलो परिणामका आर्थिक भ्रष्टाचार गरेको भन्दै फिफाले ब्राजिल फुटबल पदाधिकारी जोस मारिया मारिनलाई यसअघि नै चार वर्षको जेल र ३.३४ मिलियन अमेरिकी डलर जरिवाना गरेको थियो।

प्रतिक्रिया