२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

पत्रकार खड्काको खोजीका लागि आग्रह

1548 Shares
Spread the love

काठमाडौँ      –      नेपाल प्रेस युनियनले डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का (तेजु) को शीघ्र खोजी कार्यका लागि सरकारसँग आग्रह गरेको छ ।

दीपायल सिलगढी नगरपालिका–१ तिखा निवासी पत्रकार खड्का यही भदौ १० गते जनै पूर्णिमाका अवसरमा बाजुराको प्रख्यात धार्मिकस्थल बूढीनन्दामा लाग्ने मेलाबाट फर्कने क्रममा सम्पर्कविहीन हुनुभएको थियो ।

युनियनले उक्त खबरले अत्यन्तै चिन्तित तुल्याएको उल्लेख गर्दै युनियनकै पहलमा नेपाल प्रहरी र नेपाली सेनाले घटनास्थलमा खोजी कार्य भइरहेको समेत जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्र्दै विकट पहाडी क्षेत्रमा स्थलगत खोजी कार्यमा ढिलाइ हुने भएकाले जनशक्ति बढाई स्थलगतका साथै हवाई खोजी कार्यका लागिसमेत सरकार र सेनासँग आग्रह गर्नुभएको छ ।

रासस

प्रतिक्रिया