२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि केएमसी अस्पतालको सबै सेवा बन्द

1042 Shares
Spread the love

काठमाडौं/ दुई चिकित्सक र दुई विरामीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलजेको शिक्षण अस्पताल बन्द गरिएको छ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्पताल बन्द गरिएको जनाएको छ। मंगलबार केएमसीका दुई स्वास्थ्यकर्मी र दुई बिरामीका कोरोना संक्रमण पुष्टी भएको थियो।

काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचारार्थ आएका दुई विरामी र दुई जना स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टीले हाललाई यस अस्पतालबाट प्रवाहरत आकास्मिकलगायतका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउँछौं । अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा.मुकुन्दराज जोशीले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया