काठमाडौं । रुसी हतियार खरिद गर्ने भारतको निर्णयमा अमेरिकाले पुनः चेतावनी दिएको छ । यसअघि विभिन्न कारणले आशंकामा रहको भारतको सम्झौतामा अमेरिकाले पुनः छुट हुने ग्यारेन्टी नरहेको बताएको हो ।
यसअघि अमेरिकाले भारतलाई रुसी हतियार खरिदको लागि छुट दिने प्रस्ताव गरेको थियो । अमेरिकाले भारत रुसी एस–४०० को मिसाइल रोक्ने हतियारका साथै अन्य हतियारहरु पनि खरिद गर्ने दिशामा अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।
पछिल्लो समय अमेरिकाको लागि भारत एक सहयोगी मुलुक बन्दै आएको अवस्थामा रसियासँग हतियार किन्ने उसको निर्णयले समस्या उत्पन्न गर्नसक्ने अमेरिकी अधिकारीले बताएका हुन् । अमेरिकाले यसअघि भारतसँगको सुमधुर सम्बन्ध कायम राख्नका लागि रुससँग हतियार किन्ने मामिलामा उसलाई छुट दिने प्रस्ताव गरेको थियो ।
यद्यपि एसियाको क्षेत्रको निरीक्षण गरिरहेका रेन्डल स्रीवरले पछिल्लो माहोल हेर्दा भारतले छुट पाउने सम्भावना रहेको भए पनि यसको कुनै ग्यारेन्टी नभएको बताएका हुन् ।
अमेरिकामा अहिले हतियार सम्झौता गरेकोमा आगामी दिनमा थप नयाँ सम्झौता गर्नसक्ने भन्दै भारतप्रति चिन्ता व्यक्त गरेको हो । एक सातापछि भारत र अमेरिकाको बीचमा वार्ता हुने कार्यक्रम रहेको अवस्थामा अमेरिकी अधिकारीको यस्तो भनाइ आएको हो । (एजेन्सी)