२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

बिमस्टेक सम्मेलन : बंगलादेशकी प्रधानमन्त्री काठमाडौँमा

1715 Shares
Spread the love

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक)( को दुईदिने शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री काठमाडौँ आइपुगेकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ ओर्लिए लगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद बिहीबार बिहान साढे नौ बजे विशेष विमानबाट काठमाडौँ ओर्लिएकी हुन् ।

प्रधानमन्त्री बाजेदलाई त्रिभुवन विमानस्थलमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । यसअघि भारतीय प्रम मोदी पनि काठमाडौँ ओर्लिसकेका छ्न । आजै थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा पनि १० बजे काठमाडौँ ओर्लिने कार्यक्रम छ ।

दुवै देशका प्रधानमन्त्री आफ्नो देशको राष्ट्रिय ध्वजाबहाकको विशेष विमानबाट काठमाडौं आएका हुन् । उनीहरु दुवै नेतालाई विमानस्थलबाट सीधै सम्मेलनस्थल सोल्टी होटल लगिएको छ ।

अझै थाइल्यान्डका प्रधानमन्त्री आउन बाँकी रहेकाले बिहान करिव ११ बजेसम्म राजधानीको ट्राफिक आवागमन पुरै प्रभावित हुने अवस्था छ। भीआईपी आउने रुटमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी ठप्प बनाएपछि सर्वसाधारणलाई समस्या भएको छ ।

प्रतिक्रिया