२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बिमस्टेक सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रायुट काठमाडौँमा

4841 Shares
Spread the love

काठमाडौं ।  बिमस्टेक सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आइपुगेका छन्।

उनी केहीबेर अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।  उनलाई रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका छन्।

त्यस्तै सम्मेलनमा भाग लिन केही बेर अघिमात्रै भारतीय प्रधामन्त्री नरेद्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौँ आइपुगेका थिए।

त्यस्तै बिमस्टेक सम्मेलनमा भाग लिन आउने पाहुनालाई स्वागत गर्नका लागि आज बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

त्यस्तै आजबाट सुरु हुन लागेको २ दिने सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ।

प्रतिक्रिया