२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

म्यानमार र श्रीलंकाका राष्ट्रपति शीतल निवासमा

1528 Shares
Spread the love

काठमाडौं, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारसँग बिमस्टेक चौथो शिखर सम्मेलनका लागि सहभागी हुन नेपाल आउनुभएका म्यानमार र श्रीलंकाका समकक्षीले भेटवार्ता गर्नुभएको छ ।

साँझ ६ बजे राष्ट्रपति भवनमा भएको भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो । छलफलमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई भ्रमणको निम्तो समेत दिएका थिए । भेटमा भूटानका अन्तरिम सकारकार अध्यक्ष वाङचुकको समेत उपस्थिति थियो ।

यस्तै, शितल निवासको भेट पूर्व विभिन्न देशका राष्ट्र प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेका थिए । भोलि हुने (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिनका लागि बुधबार अपरान्ह श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौं आइपुग्नुभएको थियो ।

उहाँलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल स्वागत गर्नुभएको थियो । यता, भूटानका अन्तरिम सरकारका अध्यक्ष वाङचुक आज बिहान ८ बजे विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो ।

उता, म्यानमारका राष्ट्रपति विन मिन्ट भने हिजै नेपाल आइपुग्नुभएको थियो । ६ देशका राष्ट्रप्रमुखका लागि राष्ट्रपतिले भोलि अपराह्न दिवा भोजको समेत आयोजना गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया