२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

आमा कपडा धुन खोलामा गएको वेला आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

1175 Shares
समाचार प्रतिनिधि स्केच
Spread the love

बाग्लुङ । १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शिखा विक (नाम परिवर्त)लाई उनका आफ्नै बुबा रामबहादुर विक (नाम परिर्वन)ले बलात्कार गरेको आरोपमा  बुबालाई प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय रामबहादुरलाई पक्राउ गरेको हो ।

गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए । प्रहरीले रामबहादुरलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया