काठमाडौँ / जि. पी कोइराला अध्ययन केन्द्रले आफ्नो शाखा विस्तार गर्ने क्रममा काठमाडौं जिल्ला शाखाको अध्यक्षमा श्री बहादुर योगीलाइ जिम्मेवारी प्रदान गरिएको छ।
गिरिजा प्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा नेपाली जन समुदाय बीच लैजाने हेतुले जि.पी कोइराला अध्ययन केन्द्र स्थापित भएको हो।
नेपाली जन समुदायलाइ समुन्नत बाटोमा लैजानका निमित्त जि.पी कोइराला अध्ययन केन्द्रले आफ्नो शाखा विस्तार गर्ने नीति अनुरुप काठमाडौं जिल्ला शाखाको अध्यक्षमा श्री बहादुर योगीलाइ चयन गरेको हो। उनलाई काठमाडौं जिल्ला शाखाको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।
उनले आफुलाइ प्रदान गरेको जिम्मेवारी संस्थाको बिधि बिधान अनुरुप रही सामाजिक काम र सेवामा लाग्ने बताएका छन । उनलाई आज जि. पी कोइराला अध्ययन केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारीले जिम्मेवारी प्रदान गरिएको पत्र हस्तान्तरण गरेका थिए ।