२०८३, २६ आश्विन सोमबार
×

थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

1861 Shares

काठमाडौं । मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २,  बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन् ।

मंगलबार थप ९० सहित नेपालमा कोरोना संक्रमितको संख्या ७७२  पुगेको छ । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ४ जनाको मृत्यु र १५५ जना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया