2243
Shares
लुम्बिनी- म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिन पुगेका छन्। काठमाडैबाट चार्टड विमानमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति मिन्ट त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए।
लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भुक्षु मैत्तेयले स्वागत गरे। राष्ट्रपति विन मिन्टले मायाँदेवी मन्दिरको दर्शन गरे भने उनलाई लुम्विनी विकास कोषका अधिकारीहरुले व्रिफिङ गरेका थिए। उनलाई पर्यटमन्त्री रवीन्द्र अधिकारीले मायाँको चिनो स्वरुप बुद्धको मुर्ती प्रदान गरे।
राष्ट्रपति मिन्ट चौथो विमस्टेक सम्मेलनमा भाग लिन मंगलबार नेपाल आएका हुन्। १४ र १५ गते विमस्टेक सम्मलेन काठमाडौंमा हुँदैछ।


