1268
Shares
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन्।
मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो।
होम क्वारेन्टाइनमा रहेका कारण सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल अनुपस्थित थिए। मन्त्री ढकाल विहीबारदेखि मन्त्रालय पनि आएका छैनन्। यसअघि कोभिड १९ संक्रमण सुरु भएपछि शनिबार पनि मन्त्री ढकाल मन्त्रालय आउने गरेका थिए। ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान स्वाब संकलन गरिएको छ। यसको ल्याब रिपोर्ट पनि आजै आउने बताइएको छ।