1700
Shares
काठमाडौं / नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (आधिकारिक ट्रेड युनियन )को अध्यक्ष किरण केसीको पहल र आधिकारिक ट्रेड युनियन कै सचिव उमेश कार्की र कोषध्यक्ष सुरेश काफलेको सहयोगमा खाद्यन्न सहयोग गरेको छ ।
गोकर्णेश्वर नगरपालिकास्थित अभिभावकविहीन, असहाय बालबालिकालाई आश्रय दिइरहेको संस्था “सुनौलो पाइला”लाई ५ बोर चामल सहयोग गरेको छ ।

सुनौलो पाइला संस्था संचालन गर्दै आएको समाजसेवी रोजिना बिष्ट (रोज) ले यस विषम परिस्थितिमा खाद्यन्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी छिन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउन प्रभावित बिपन्न परिवार, ज्यालादारी मजदुर थप संकटमा परेका गोकर्णेश्वर नगरपालिका वडा ८ का पीडितहरुका लागि ३ घर परिवारलाई आज ३ बोर चामल सहयोग गरिएको थियो ।
