२०८३, ६ कार्तिक बिहीबार
×

अम्बिका बस्नेतले दिइन् बिपन्न परिवारलाई खाद्यन्न

1795 Shares

काठमाडौं/ पुर्व सहकारी तथा गरीबी निवारण मन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य अम्बिका बस्नेतले लकडाउन प्रभावित बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेकी छिन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेका कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीका पीडितहरुका लागि कागेश्वोरी मनोहरा नगरपालिका नेपाली कांग्रेस १ न वडा इकाइ सदस्य गागलफेदीका सन्तोषी तामाङलाई ३० बोरा चामल स्तान्तरण गरेकी हुन्।

कार्यक्रममा पुर्व सहकारी तथा गरीबी निवारण मन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य अम्बिका बस्नेत, महासमिति सदस्य बिमल ठकुरी काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा सदस्य जयराम पुडासैनी,गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, काठमाडौं महानगरपालिका नेपाली कांग्रेस ६ न वडा इकाइ उपसभापति धर्म ढकाल नेपाल विद्यार्थी संघ तथा महाधिवेशन प्रतिनिधिदुजाङ शेर्पालगायत उपस्थितिमा खाद्यान्न सहयोग गरिएको थियो ।

प्रतिक्रिया