२०८३, ७ कार्तिक शुक्रबार
×

देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

3143 Shares

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व तहले राष्ट्र जनता र सङ्गठनको हितमा कार्य गरेको भन्दै उनले आफूले के पाएँभन्दा पनि मैले मुलुकका लागि के गरँे भनेर सोच्नुपर्ने उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै मुलुक र जनताको हितमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिए । राष्ट्र, राष्ट्रियता र जनताभन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ काम गर्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार २२१ वटा सीमा निगरानी चौकी (विओपी) लाई एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म १२३ ठाउँमा स्थापना भइसकेको जानकारी दिए।

प्रतिक्रिया