२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

पोर्न भिडियो म्यासेन्जरमा पठाएको आरोपमा पत्रकार पक्राउ

792 Shares
Spread the love

काठमाडौं : पोर्न भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी एक पत्रकार पक्राउ परेकी छिन्। एक पत्रकारले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पोर्न भिडियो साथीलाई म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी पत्रकार कमला हमाल पक्राउ परेकी हुन्।

‘कमला हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोपमा विद्या चौधरीले उजुरी दिएपछि हमाललाई पक्राउ गरेका छौँ’, एसएसपी सिंहले भने, ‘उनलाई साइबर क्राइममा गिरफ्तार गरिएको हो।’

उजुरीका आधारमा अपराध महाशाखाले काठमाडौंको लाजिम्पाटबाट हमाललाई पक्राउ गरिएको छ। मंगलबार पक्राउ परेकी हमाललाई परिसरमा राखिएको छ।

हमाल र चौधरी पत्रकार महासंघ सदस्य हुन्।

प्रतिक्रिया