902
Shares
गुल्मी । गुल्मीमा अर्को एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका एक शिक्षकमा गुल्मीमा पहिलोपटक पोजेटिभ देखिएको कोरोना भाइरस फेरी अर्का व्यक्तिमा पनि देखिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भई मृत्यु भएका मदाने गाउँपालिकाका शिक्षकको घरमा कोठा भाडामा बस्ने अर्का पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पाजेटिभ आएको डा.शर्माले बताए ।
यससँगै गुल्मीमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । एक जनाको मृत्यु भइसकेको छ ।