२०८३, २३ आश्विन शुक्रबार
×

लकडाउनको बेलामा समाजसेवी रोजिना बिष्ट (रोज) द्वारा गर्भवती महिलाको उद्दार

2475 Shares

काठमाडौं / लकडाउनका कारण मुलुक ठप्प भएको बेलामा समाजसेवी रोजिना बिष्ट रोजले एक गर्भवती महिलाको उद्धार गरेकी छिन । उनले धादिङ घर भइ हाल काठमाडौंको कलंकिमा बस्दै आएकी ९ महिनाकि सुत्केरी ब्यथाले च्यापेर पिडामा  अलपत्र परेकी युवतीको उद्दार गरेकी हुन्। सुत्केरी बेथाले च्यापेको खबर पाउन साथ  उद्दारमा जुटेकी रोज बिष्टलाइ समाज सेवी प्रविन श्रेष्ठले एम्बुलेन्स ल्याउन सहयोग गरेका थिए ।

कोभिड—१९ को संक्रमणले अहिले एम्बुलेन्स चालकहरुलाई पनि भयभित बनाएको छ। चालकले हतपत बिरामी बोक्न नमानेपछि विभिन्न रोगका बिरामीलाई अस्पतालसम्म पुग्न निकै अप्ठ्यारो भएको छ।  त्यस्तो अवस्थामा एम्बुलेन्स चालक कृष्ण अर्यालले निशुल्क सेवा प्रदान  गरि युवतीलाई अस्पताल लैजान सहयोग गरेका थिए।

उक्त महिलाले अस्पतालमा छोरीको जन्म दिएको हाल आमा र बच्चाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको बताउदै समाजसेवी रोजिना बिष्ट रोजले अस्पताल सम्म पुर्याउने  र अस्पतालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी छिन् । साथै उनले नवजात शिशु र आमाको सम्पूर्ण जिम्मा समाजसेवी रोजिना बिष्ट (रोज) ले संचालन गर्दै आएको सुनौलो पाइला संस्थाले लिने पनि जानकारी गराएकी छिन ।

प्रतिक्रिया