२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बिमस्टेक सचिवस्तरीय बैठक सुरु

1009 Shares
Spread the love

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)को १९औं बैठक परराष्ट्र सचिव शंकर दास वैरागीको अध्यक्षता काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ।

बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार आज बैठक बसिरहेकाे छ। बैठकमा आठभन्दा बढी अजेन्डामा छलफल हुने बताइएको छ।

बैठकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु सहभागि छन्। सचिवस्तरीय बैठकले पास गरेका अजेन्डामाथि बुधबार बस्ने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा छलफल गरिनेछ। त्यसपछि ती अजेन्डा बिहीबार र शुक्रबार बस्ने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठकमा लगिनेछ। सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिनेछ।

बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख अजेन्डा बनाइएको छ।

प्रतिक्रिया