२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

साफ च्याम्पियनसिपमा सहभागिता जनाउने फुटबल टोलीको घोषणा

3669 Shares
Spread the love

काठमाडौँ – बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरन श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन। विराज महर्जन कप्तान रहेको टोलीमा निराजन खड्का ४ वर्षपछि पुनः टोलीमा फर्केका छन् भने जर्जप्रिन्स कार्की टोलीमा पर्न सकेनन। यस्तै सुमन अर्यालले पहिलो पल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

नेपालले भाद्र १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २१ गते भुटान तथा २३ गते आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ। दुई समुहमा रहेका सहभागी टोली मध्ये शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनल प्रवेस गर्नेछन्। नेपाली टोली १७ गते बंगलादेश प्रस्थान गर्नेछ।

२० सदस्यीय नेपाली राष्ट्रिय टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने
रक्षा पंक्ति : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्ड : सुजल श्रेष्ठ, निराजन खड्का, विशाल रार्ई, सुनिल बल, हेमन्त थापामगर, हेमन गुरुङ,
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

प्रतिक्रिया