2216
Shares
काठमाडौं / गोकर्णेश्वर नगरपालिकाको वडा नं ८ को गणेश नगरमा रहेको आनन्द गणेश मन्दिरमा चोरी गर्ने ब्यकिहरु पक्राउ परेका छन ।
उक्त मन्दिरको मूल ढोका फोडेर प्रवेश गरि दानपेटीमा रहेको करिव १० हजार रकम चोरी गर्दै अग्रेको अवस्थामा प्रहरीले पक्राऊ गरेको प्रहरी वृत बौद्धले जानकारी दिएको छ।
लकडाउनमा प्रहरी प्रकोप नियन्त्रण तथा रोकथाममा सक्रिय भएको मौका छोपेर भालेश्वर महादेवको ढलोटको मुर्ति तथा नगद ३ हजार छोरि भएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्ने व्यक्तिहरुमा सिन्धुली साङवाले गाउँपालिका रहेको र हाल बुढानिलकण्ठ वडा नं १० का १९ वर्षिया पृथ्वी बि.क सहित अन्य व्यक्ति पक्राउ परेका हुन्। उनीहरु बाट रड थान १, पेचकस थान १, भालेश्वर महादेवको मुर्ती, मोवाईल थान १ वरामद गरिएको छ।