२०८३, ९ कार्तिक आईतवार
×

हामी नेपाली ग्लोबलका युरोप संयोजक बिजय मोक्तानद्वारा खाद्यन्न सहयोग

1771 Shares

हामी नेपाली ग्लोबलका युरोप संयोजक बिजय मोक्तानले लकडाउन प्रभावित बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेका पीडितका लागि संयोजक मोक्तानले १३० के जि चामल सहयोग गरेको  हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने,विपन्न, अशक्त, असह्य, घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बेला यसरी खाद्यन्न सहयोग सराहनिय भएको हामी नेपाली ग्लोबल अध्यक्ष अमृत लामाले बताउनुभयो । लामाले सेवा नै धर्म हो सबैले सकेको यसरी नै स-सानो सर सहयोग गर्न सबैमा केन्द्रको तर्फबाट हार्दिक अनुरोध साथ आवहाँन समेत गरेको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले यस विषम परिस्थितिमा सहयोग गरेकोमा युरोप संयोजक बिजय मोक्तानलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

 

 

 

प्रतिक्रिया