२०८३, २३ आश्विन शुक्रबार
×

कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुर शिल गरियो

845 Shares

काठमाडौं । कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान शिल गरिएको छ ।

भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।

संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

हिजो गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिका बस्ने रहेका छन् ।

प्रतिक्रिया